काठमाडौंः इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले काग्लियारीमाथि २–० को सहज जित निकालेको हो ।

मिलानका लागि राफाइल लीओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

खेलको ४६ औं मिनेटमा राफाइलले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसपछि ६४ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २–० को सहज जित दिलाए ।

जितसँगै मिलान १९ खेलबाट २५ अंकसहित लिगको सातौं स्थानमा छ । काग्लियारी २९ अंकसहित छैटौं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, पुस २७, १०:४५