काठमाडौंः इन्टर मिलानलाई पराजित गर्दै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टरलाई समग्रमा २–१ ले पराजित गर्दै युभेन्ट्स फाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । तर, पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल प्रवेश गरेको हो ।

अब उपाधिको लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग मे १९ मा खेल्नेछ ।


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १०:२६