काठमाडौंः भेरोनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा भेरोनालाई २–१ ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

इन्टरका लागि माटीस भेसिनो र निकोलो बारेल्लाले एक एक गोल गरे । यस्तै भेरोनाका लागि भालेरियो भेर्रेले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा भेर्रेले गर्दै भेरोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा इन्टरका भेसिनोले गोल गर्दै खेल बराबरमिा ल्याए । त्यसपछि ८३ औं मिनेटमा बारेल्लाले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।

जितसँगै १२ खेलबाट इन्टर ३१ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।


। इन्टरले युभेन्ट्सलाई २ अंकले पछि पारेको छ ।पराजित भेरोना १५ अंक जोडेर नवौं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ११:३१