काठमाडौंः नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा असोज ५ गते निवेदन दिएको छ ।

बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले ८ दशमलवम ५ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रतिएकाइ एक हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । सोमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने बैंकको योजना छ ।

बैंकले ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।



प्रकाशित मितिः बिहीबार, असोज ८, २०७७, १५:००