काठमाडौंः अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली कमाण्डर जनरल कासिस सुलेमानी मारिएपछि पनि बग्दादमा फेरी अर्को हवाई आक्रमण गरेको छ ।

शुक्रबार राति इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण गरेको हो ।

आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । समाचार संस्था अल जजिराका अनुसार आक्रमणमा मारिएकामध्ये केही चिकित्सक पनि छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राती इरानी जनरलविरुद्ध कारबाही गरेर पत्रकार सम्मेलन गरेका थिए । ट्रम्पले दुई देशबीच सम्भावित युद्ध रोक्नका लागि जनरल कासिमलाई मार्ने निर्णय लिएको बताएका थिए ।


 


प्रकाशित मितिः शनिबार, पुस १९, १०:१३