काठमाडौंः इरानको राजधानी तेहरानमा १७६ जनाको मृत्यु हुने गरी खसेको युक्रेनी विमान इरानले आफूले खसालेको स्वीकार गरेको छ ।

इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

तर सो आक्रमण नियतबस नरहेको इरानी सेनाको भनाई छ । शनिबार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी विमान दुर्घटनामा परेको उल्लेख गरिएको छ ।

तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो ।


। विमानमा ८२ इरानी, गम्तीमा ६३ क्यानडाली, ११ युक्रेनी लगायत विभिन्न देशका नागरिक थिए ।

यो दुर्घटना इरानले अमेरिकी सैन्य बेसमा श्रृंखलाबद्ध मिसाइल आक्रमण गरेको केही घण्टामै भएको थियो । इरानले दुर्घटनापछि केही दिनसम्म आफूले विमान खसालेको अस्वीकार गर्दै आएको थियो ।


प्रकाशित मितिः शनिबार, पुस २६, १०:४६