काठमाडौँ: इरानमा एक यात्रीवाहक विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको छ ।

युक्रेनको सो विमान बुधबार बिहान तेहराननजिकै दुर्घटना भएको हो ।

राजधानी तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सन्चारमध्यमहरुले जनाएका छन् ।

इरानको उड्डयन संगठनका प्रवक्ताकाअनुसार विमानमा १६७ जना यात्री र चालकदलका ९ सदस्य सवार थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ ।


प्रकाशित मितिः पौष २३, बुधवार, १३:५१