काठमाडौंः एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ को उपाधि इलामका टिका मगरले जितेका छन् ।

शनिबार भएको ग्रान्ड फाइनलमा आफूसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन् ।

टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए ।

नारायण गोपालको “तिमिलाई म के भनूँ” गीतको अडियो क्लिप पठाएर सहभागिता जनाएका टिका मगर टप ५०, टप २७, टप टप ६ र टप ३ हुँदै उपाधि कब्जा गर्न सफल भए । टिकाले सुरुदेखी नै निर्णायकको सकारात्मक कमेन्ट पाएका थिए ।

विजेता बनेसँगै टिकाले १ लाख रुपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् ।


। उनले एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरु वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरु भएको अनलाईन प्रतियोगितामा टप ५० मा अफ्रिका, एसिया, अष्ट्रेलिया र युरोप महादेशका प्रतिस्पर्धी छनौटमा परेका थिए ।


प्रकाशित मितिः २०७७ साल फागुन १६ गते आइतबार, १९:२६