इलामः माई नगरपालिका–६ गोतामेटारमा गएराति साढे १२ बजे ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामकै माइजोगमाई गाउँपालिका–६ का ३२ वर्षीय बिमल लिम्बु रहेका छन् ।

तेल बोकेर लारुम्बातर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा चढेका अन्य ३ जनालाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, १३:१९