काठमाडौं: पछिल्लो समय लोकप्रिय बन्दै गएको प्याराग्लाइडिङ अब इलाममा पनि सुरुहुने भएको छ ।

पर्यटकीय क्षेत्रमा राम्रो सम्भावना बोकेकोे इलाममा प्याराग्लाइडिङ सञ्चालन गर्ने उध्देश्यका साथ इलाम सोसाइटीको पहलमा बुधबार सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म प्याराग्लाइडिङ उडानको सफल परीक्षण भएको हो ।

पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाउनु भएको थियो । प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप पर्यटक भित्र्याउन सक्ने  यहाँका पर्यटन व्यवसायीले अपेक्षा  गरेका छन् ।  साथै यहाँ रहेका पर्यटकीय क्षेत्रलाई प्याराग्लाइडिङका माध्यमबाट नियाल्न सहज हुने पनि बताइएको छ ।


त्यस्तै पोखरा, काठमाडौंको गोदावरी, जर्सिङ पौवा लगायतका क्षेत्रमा विभिन्न कम्पनीले प्याराग्लाइडिङको सफल उडान गर्दै आइरहेका छन् ।