इलामः सुर्योदय नगरपालिका–३ मा आज पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिक अप चालक सोही स्थान बस्ने ४३ वर्षीय रेसम बहादुर राय रहेका छन् ।

मे १ ज १२४१ नम्बरको पिक अप पल्टिँदा गम्भिर घाइते भएका उनको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, १९:१४