काठमाडौंः विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
फ्लोरिडामा आज बिहान भएको खेलमा पाँचौं वरीयताकी उक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै बार्टी फाइनलमा प्रवेश गरेकी हुन् ।
बार्टीले इलिनालाई ६–३ र ६–३ को सेटमा पराजित गरिन् ।
साविक विजेता समेत रहेकी बार्टीले फाइनलमा मारिया सक्कारी र बियान्का एन्द्रेस्क्युबीचको विजेतासँग खेल्ने छिन् ।
प्रकाशित मितिः २०७७ साल चैत २० गते शुक्रबार, १०:१३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook