काठमाडौंः इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई गरिएको टर्कीले जनाएको छ ।

उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल–बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमबार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन् ।

टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत्‌ पुष्टि गरेका हुन् ।

अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल–बग्दादी मारिएका थिए ।

टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल-बग्दादीकी दिदीको गिरफ्तारीले ‘आईएसका आन्तरिक गतिविधि’बारे थाहा पाउन सघाउने भनेर रोइटर्सलाई बताएका छन् ।


। एक अधिकारले अवादलाई ‘सूचनाको खानी’ भनेका छन् ।

टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल-बग्दादीकी दिदीको गिरफ्तारीले आईएसका आन्तरिक गतिविधिबारे थाहा पाउन सघाउन सक्छ ।

अल-बग्दादीकी दिदीबारे त्यति धेरै जानकारी छैन र पक्राउ गरिएकी महिलाको बीबीसीले अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल-बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट छैन ।


प्रकाशित मितिः मंगलबार, कार्तिक १९, ११:३०