काठमाडौंः ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने दाङको तुलसीपुर उपमहानगरपालिका–४ घर भएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीबाट शुक्रबार पक्राउ गरेको छ ।

पीडितहरुको बारेमा पूर्ण जानकारी लिई विभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड थाहा पाई पीडितहरुको ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खाता लगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो ।


खड्कालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, २१:०१