काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो भने चाँदी ५ रुपैयाँले घटेको हो ।

मंगलबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी चाहिँ आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, ११:४१