काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

मंगलबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, ११:२०