काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ५ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ स्थिर रहँदै प्रतितोला १ हजार २२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २८ शुक्रबार, १४:१५