काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ३ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २१० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, ११:०५