काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ४ सय र चाँदी २५ रुपैयाँ बढेको हो ।

बुधबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ४ सय रुपैयाँले बढेर ९३ हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, ११:२९