काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन १ हजार १ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार १ हजार १ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, ११:२८