काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन ४ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
सोमबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ४ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ६ गते मंगलबार, ११:२१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook