काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ४ सय रुपैयाँले बढेको हो भने चाँदी ५ रुपैयाँले घटेको हो ।

सोमबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ४ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १३ गते मंगलबार, ११:०९