काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन १ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।
शुक्रबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार १ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ १८ गते आइतबार, १२:२७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook