काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ६ सय र चाँदी २० रुपैयाँले बढेको हो ।

सोमबार ९६ हजार ९ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ६ सयले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार, भदौ ३०, २०७७


प्रकाशित मितिः मंगलबार, भदौ ३०, २०७७, १०:४५