काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ  स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ४ सय रुपैयाँले बढेको हो ।
बिहीबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ४ सयले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १२:३३