काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २ सयले बढेको हो भने चाँदी १० रुपैयाँले घटेको हो ।

बुधबार ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार २ सयले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, ११:०२