काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

शुक्रबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ५ सय रुपैयाँले बढेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, ११:२६