काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

सोमबार ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १२:३२