काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

शुक्रबार ७४ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आइतबार ४ सयले बढेर ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, पुस २७, ११:२९