काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार १ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २९ गते बुधबार, ११:४६