काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

बिहीबार ७१ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले बढेर ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, मंसिर १३, १०:५८