काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

शुक्रबार ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन आइतबार ५ सयले बढेर ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


प्रकाशित मितिः आइतबार, मंसिर २९, १०:४८