काठमाडौंः प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल–भारतबीचको सीमा विवादसम्बन्धी समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, सरकारका प्रतिनिधिसँग छलफल गरेपछि समितिले समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक पहल गर्न निर्देशन दिएको हो ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा आमन्त्रण गरे पनि अनुपस्थित भएनन् । प्रधानमन्त्रीको सट्टा गृह र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बैठकमा सहभागी भएका थिए ।


। समितिले दुई मन्त्रीसँग छलफलपछि राजनीतिक र कूटनीतिक तवरबाट सीमा समस्या सुल्झाउन निर्देशन दिएको हो ।

समितिको निर्देशनमा भनिएको छ, ‘महाकाली नदीको मुहान लिम्पियाधुरा र महाकाली पूर्वको भूभाग नेपालको हो भन्ने भौगोलिक र ऐतिहासिक तथ्यहरूलाई स्वीकार गर्दै उक्त क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक पहल गर्ने ।’ यस्तै समितिले शैक्षिक सामग्रीहरुमा समेत प्रयोग भएको नेपालको नक्सा गलत रहेको भन्दै सच्याउन निर्देशन दिएको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०७:२५