काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिनपिङको आशन्न नेपाल भ्रमणका लागि सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको समाचार आजको गोरखापत्रले दोस्रो पृष्ठमा छापेको छ  ।

समाचारमा लेखिएको छ, राष्ट्रपति सीको औपचारिक भ्रमणको मुख्य सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको भित्री सुरक्षा व्यवस्था सेनाले लिएको छ ।

राष्ट्रपति सीको औपचारिक नेपाल भ्रमणको औपचारिक मिति नतोके पनि काठमाडौंं उपत्यकामा उच्चस्तरीय सुरक्षा सतकर्ता अपनाइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ।

राज्यका चारवटै सुरक्षा निकायले राष्ट्रपति सीको भ्रमण सम्पन्न नभएसम्मका लागि दशै तथा घर बिदा लिन रोक लगाएको छ ।


। ठूलो संख्यामा सादा पोशाकको प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०६:५५