उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरुले चार हप्ताभित्रै दोस्रो पटक भेट गरेका छन् । यद्यपी, दुई देशको सीमाबीच रहेको सैन्य गतिविधि निषेधित क्षेत्रमा शनिवार भएको बैठक अप्रत्याशित रुपमा भएको हो।
उत्तर कोरिया नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबिच दुई देशको सीमा क्षेत्रमा भेटवार्ता भएको हो ।
उत्तर कोरियाका नेता किम जोङ – उनसँग हुने भनेर पनि स्थगन गरिएको शिखरवार्ता अन्ततः सम्भव भएको अमेरिकी राष्ट्रपतिले जनाएको भोलिपल्टै दुई कोरियाका नेताबीच सो बैठक भएको हो।
ट्रम्प र किमबिच आउँदो जुन १२ मा सिंगापुरमा वार्ता हुने भएको भएको थियो । तर ट्रम्पले वार्ता रद्द गरेका छन् ।
। अहिले फेरि उनले वार्ता हुन सक्ने संकेत पनि दिएका छन् । यहि बिचमा दुई कोरियाका नेताबिच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि कोरियाली प्रायद्वीपमा अमेरिका तथा दक्षिण कोरियाले हालै गरेको संयुक्त सैन्य अभ्यासप्रति प्योङयाङले विरोध जनाएको थियो र किम जोंगले मून जे सँगको भेटलाई रद्द गरेका थिए ।
वार्ता उत्तर कोरिया तर्फको पानमुनजोममा भएको हो । वार्ता नेपाली समय अनुसार शनिबार दिउँसो पौने १२ बजेदेखि पौने दुई बजेको बिचमा भएको दक्षिण कोरियाका राष्ट्रपति मुनको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook