काठमाडौंः सरकार समृद्धिका लागि अघि बढिरहेको बताइरहँदा सेयर कारोबारमा भने उतार–चढाव नै चलिरहेको छ । यो साता सेयरको कारोबार सामान्य नै रहेको पाइएको छ । दिनकै कारोबारलाई हेर्ने हो भने पनि सुरुमा घट्ने मध्यबाट बढेर जाने र अन्तिममा त्यही कायम रहने अवस्था छ । यसले बजारलाई उत्साहित पनि बनाएको छैन भने लगानीकर्तालाई निरासातिर पनि धकेलेको देखिएको छैन ।

यो साता सेयर कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । बुधबारको कारोबारको तुलनामा बिहीबार शून्य दशमलव ७६ अंकले घट्यो । यति घटे पनि नेप्से परिसूचक १ हजार ३ सय १८ दशमलव २२ विन्दुमा बन्द भएको छ ।


। यो साताको कारोबारलाई हेर्दा सेयर खरिद–बिक्रीको अवस्थालाई हेर्दा फरक प्रवृत्ति देखापरेको छ । बिहीबार सधैं थारै कारोबार हुने अथवा सेयर लगानीकर्ताको आकर्षणमा नपर्ने उत्पादन, प्रशोधन तथा व्यापार समूहको परिसूचक बढेको छ ।

सधै लगानीकर्ताको आकर्षणमा रहेको बैंक तथा वित्तीय क्षेत्रको सेयरमा गिरावट आएको आएको छ । बैंकिङ समूहको परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ६६ प्रतिशतले गिरावट आएको छ । लघुवित्त समूहको १ दशमलव ९ प्रतिशत र बिमा समूहको शून्य दशमलव ९१ प्रतिशतले घटेको छ । जलविद्युतुको शून्य दशमलव ७७ प्रतिशतले घटेको छ भने विकास बैंकको शून्य दशमलव ९५ ले घटेको छ । होटलको शून्य दशमलव २५ प्रतिशतले बुधबारभन्दा घटेको छ । बिहीबार कारोबार बन्द हुने समयसम्म आइपुग्दा व्यापार समूहको परिसूचक १ दशमलव ४७ अंकले बुधबारको भन्दा बढेको छ । त्यस्तै उत्पादन र प्रशोधन उद्योग समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशतले अघिल्लो दिनको कारोभन्दा बढेको देखिएको छ ।

बिहीबार कुल बजार पुँजीकरण पनि घटेको छ । कुल बजार पुँजीकरण घटेर १५ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको देखिएको छ । १ सय ६१ कम्पनीका ७ लाख ९१ हजार ७ सय २८ कित्ता सेयर किनबेच भएका छन् । सो व्यापारबाट ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।