उदयपुरः त्रियुगा नगरपालिका–१३ जोगीपोखरी बस्ने शंकर गुप्ताको घरबाट नगद ५ लाख रुपैयाँ र डेढ तोलाको सुनको सिक्री चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ बस्ने २९ वर्षीय अनिल साह र सोही नगरपालिका–११ बस्ने २७ वर्षीय प्रमोद साह रहेका छन् ।

गुप्ताको घरमा ३ जना व्यक्तिले नगद र सिक्री चोरी फरार भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न १ जनाको खोजी कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, १९:२४