उदयपुरः त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन विश्वकर्मा, २० वर्षीय सागर पौडेल, २२ वर्षीय शिब अधिकारी, २२ वर्षीय बिशाल मगर र २४ वर्षीय दिलिप घिमिरे रहेका छन् ।

बिशेष सुचनाका आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात उनिहरु माथी चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो ।


उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

यस्तै, उनीहरुलाई पक्राउ गरिएसँगै आजै बिहान अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले नै उदयपुर त्रियुगा–६ लालपत्ताबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ वर्षीय प्रबेश मिया र २६ वर्षीया हजारुम खातुन रहेका छन । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ ।

प्रहरीले उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो ।

यसरी लागुऔषध सहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, असोज ८, २०७७, २०:५३