उदयपुरः उदयपुरगढी गाउँपालिका–६ बस्ने एकराज दाहालको घरमा कौडा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–५ बस्ने ३१ वर्षीय सुशिल कुमार गुरागाई लगायत १३ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्न खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ५८ हजार ८ सय ५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १७:०२