उदयपुरः त्रियुगा नगरपालिका–३ बसपार्कमा मंगलबार साँझ उइङगर गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको अझै सनखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश–१–०२–००१ ज ३८७७ नम्बरको उइङगर गाडीले पैदल हिडिरहेका उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १२:३६