उदयपुरः त्रियुगा नगरपालिका–१३ बरुवा बसपार्क नजिकै ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा–६ जलजलेका अलि मियाँ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ बसपार्क नजिकको बरुवा खोला जाने बाटोमा स १ त ६८०० नम्बरको ट्रयाक्टरले किच्दा मियाँको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रयाक्टरबाट झरेका मियाँलाई चक्काले किचेको थियो ।

घटनाको अनुसन्धानका लागि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, पुस ५, ०९:२३