उदयपुरः चौदण्डीगढी नगरपालिका–४ बसाह बस्ने ३८ वर्षीय नन्दु थापा मगरको घरमा तास खेलिरहेको अवस्थामा मगर समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार रुपैयाँ र ३९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १३ गते शुक्रबार, १०:१९