काठमाडौंः नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार शनिबार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक भारतीय नागरिकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । ती पुरुषको कोशी प्रादेशिक अस्पतालमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


यससँगै कोरोना भाइरस पुष्टि भएकाको स‌ंख्या ३१ पुगेको छ ।


प्रकाशित मितिः आइतबार, वैशाख ७, ०९:४६