काठमाडौंः आज थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

आज पत्ता लागेका संक्रमितहरु २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष रहेको उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ ।

हाल टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा बसिरहेका उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा लगिने डा. देवकोटाले बताएका छन् ।

उनीहरु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।



प्रकाशित मितिः बुधबार, वैशाख १०, १७:३३