उदयपुरः उदयपुरगढी गाउँपालिका–६ मा मोटरसाइकललको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७७ वर्षीय मतम बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

नेपालटारबाट कटारीतर्फ जाँदै गरेको स ८ प ७८६८ नम्बरको मोटरसाइकलले शुक्रबार पैदल हिडिरहेका तामाङलाई ठक्कर दिदा घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, १२:३२