उदयपुरः उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्ली गाउँपालिका–१ फलाँटे बस्ने ४५ बर्षीया भरि माया राई रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार दिउँसो घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर घाइते भएकी राईको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, १०:१४