उदयपुरः त्रियुगा नगरपालिका–१० मा आज बिहान पौने ७ बजे स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–९ की १९ वर्षीया युनिका बुढाथोकी रहेकी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

मृतककै १३ वर्षीय भाई युनिक बुढाथोकीले चलाएको को ३९ प ९०७० नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा युनिक भने सामान्य घाइते भएका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २४ सोमबार, १६:०१