उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा आज स्कुल बसको ठक्करबाट बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–८ की ६० वर्षिया नम्रता थापा रहेको प्रहरीले जनाएको छ ।

बेल्टारबाट विरेन्द्रबजार जाँदै गरेको पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले पैदल हिडीरहेकी थापालाई बिहान ९ बजे ठक्कर दिंदा मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी थापालाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र वेल्टार पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिइसकेको छ ।



प्रकाशित मितिः बिहीबार, कार्तिक २१, १२:१३