काठमाडौंः काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ ।

वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो । हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो । विभागका उप-महानिर्देशक सफला श्रेष्ठका अनुसार, “हामीले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेका हौं ।”

फरक-फरक संस्थाले वायु प्रदूषणमा कुन-कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन् ।


। एकीकृत तथ्याँकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो ।

विभागले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण९वायु गुणस्तरमापन स्टेशन बनाएको छ । यसले काठमाडौ उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ । उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडौंको वायु बढी प्रदूषित छ ।