काठमाडौं: उपचारको क्रममा बिरामीको मृत्यु भएपछि पाटन अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन्।  एपेन्डिसाइटिसको अप्रेसन गरेका बिरामी ललितपुर छम्पी घर भएका १७ वर्षिय क्रिष्टर मगरको सोमबार मृत्यु भएको थियो। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका हुन्।

आफन्तले तोडफोड गरेपछि अस्पतालमा केही समय तनावग्रस्त भएको थियो। मगरको आइतबार अप्रेसन गरिएको थियो। अप्रेसनपछि उनको स्वास्थ्य बिग्रिएपछि आइसियूमा राखिएको थियो। अाफन्तले छानबिन गरी चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।